गत २७ फेब्रुवरी २०१६ का दिन युकेको अल्डसटमा बसेको नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को बैठकले फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार २०१६ घोषणा गरयो ।
fonij-uk-award-2016
वि.स. २०३५ बाटै ‘धर्म निरपेक्षता, जातीय सद्भाव र समानुपातिक प्रतिनिधित्वका लागि’ भन्ने नारा राखेर ‘छहरा’ नामक साप्ताहिक पत्रिका निरन्तर ३९ बर्ष प्रकाशन तथा सम्पादन गरि समाजको चेतनामा पुरयाएको योगदान वापद पत्रकार गोपाल छाङ्छालाई यस बर्षको सम्मान र जारी मधेश आन्दोलनमा ६२ जनाले शहादत प्राप्त गरेको आन्दोलन माथि राज्यको क्रुरदमन र जनताको आवाजलाई निष्पक्ष सम्प्रेषण गरेवापत भैरहवा साप्ताहिकका सम्पादक तथा स्वतन्त्र पत्रकार रामविकास चौधरीलाई पनि नगद सहित यस बर्षको पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

नेपालबाट युके आईपुग्नु भएका नेपाल पत्रकार महासङ्घ नेपालका केन्द्रीय महासचिव उजीर मगरलाई फोनिज युकेका अध्यक्ष विश्वास दीप तिगेलाले खदा र सम्मानपत्रद्धारा स्वागत गर्नुभयो । त्यस्तैगरि युकेमै पत्रकारिता विषयमा स्नाकोत्तर गरेकी सुश्री शिला लिम्बुले युकेको पत्रकारिता सम्बन्धमा जानकारी गराउनु भएवापद वहालाई पनि धन्यवाद पत्र प्रदान गरिएको थियो ।

प्रत्येक बर्ष प्रदान गरिने फोनिज युके पत्रकारिता पुरस्कार तथा सम्मानको लागि बरिष्ठ पत्रकार तथा रेडियो विजिडब्लुएसका निर्देशक मेजर रिटायर्ड सोनाम छिरिङ शेर्पाले ५ बर्षको लागि प्रायोजन गर्नेहुने सहमति पत्रमा पनि हस्ताक्षर भयो । सम्मान र पुरस्कार नगद रु पन्ध्रपन्ध्र हजारको रहनेछ । बैठकलाई महासचिव प्रमिला लाबुङ राईले संचालन गर्नुभएको थियो ।
fonij-meeting9b

fonij-meeting9a

fonij-meeting9

fonij-meeting8

fonij-meeting7

fonij-meeting6

fonij-meeting5

fonij-meeting4

fonij-meeting3

fonij-meeting2

fonij-meeting1

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>