फोनिज यूकेका संस्थापकहरु,
पूर्व कार्यसमितिका सदस्यहरु,
जनजाति अभियन्ताहरु र जनजाति पत्रकारितालाई माया गर्नुहुने तपाईंहरु सबैमा
फोनिज यूके (२०१७–२०) को अविवादन ।

बिषयः फोनिज केन्द्रको छैठौं महाधिबेशन र आर्थिक सहयोगको बारेमा ।

महोदयहरु,

फोनिज केन्द्रको अधिवेशन यही अप्रिल ६ र ७ मा काठामाण्डौंमा हुँदैछ । बिगतका महाधिबेशनहरुमा झैं यस पटक पनि केन्द्रले युके शाखाबाट केही आर्थिक सहयोगको अपेक्षा राखेको छ अन्य विदेश शाखाहरुले पनि अधिवेशन खर्च पठाइसकेका छन् ।

गएको शनिवार बसेको फोनिज यूकेको बृहत बैठकले फोनिज यूकेसंग आवद्द र यसका शुभचिन्तकहरु सबैबाट अलिअलि गरेर केही सहयोग राशी नेपाल पठाउने निर्णय गरेको छ । र सोही अनुरुप यहाँहरु सबैबाट अलि अलि सहयोगको अपिल गर्दै यो अपिल सम्प्रेषण गर्दैछौं ।

“एक थुकी सुकी, सय थुकी नदी” । हालसम्म झण्डै दुई सय पाउण्ड उठिसकेको छ भने यसमा अझ थप गरेर पचासहजार रुपैयाँ जति केन्द्रलाई पठाउन सकेदेखिन यूकेवासी जनजातिहरुको नाम रहने थियो ।

हामीसंग समय धेरै छैन । यो सप्ताहान्तमा कोष संकलनलाई वन्द गर्ने कार्यसमितिको निर्णय अनुरुप यहाँहरुसंग फेरि पनि सहयोगको हात फैलाएका छौं । फोनिजलाई अघि बढाउने जिम्मेवारीको बोध यहाँहरुलाई छ र अवश्य पनि केही सुन्न पाउनेछौं भन्ने आशा सहित ।

धन्यवाद

प्रार्थी,

श्रीमती प्रमिला लाबुङ राई
अध्यक्ष
फोनिज यूके
मार्च २९, २०१८