आदरणीय जनजाति अभियन्ताज्यूहरु,
शुभेक्षुकज्यूहरु,
अविवादन ।
बिषयः फोनिज यूके पत्रकारिता पुरस्कार कोष स्थापना गर्ने बारे ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेले हरेक बर्ष नेपालमा “फोनिज यूके पत्रकारिता पुरस्कार” प्रदान गर्दै आइरहेको छ । यसै प्रसंगमा गत २४ मार्च २०१८ मा बसेको बृहत बैठकबाट फोनिज यूकेले यस बर्षदेखि पत्रकारिता पुरस्कार राशीमा बृद्दी गरी बार्षिक तीस हजार रुपैयाँबाट पचास हजार रुपैयाँसम्म पुर्याउने लक्ष्य लिएको छ । तर आजसम्म प्रत्येक बर्ष दुई जनालाई प्रदान गर्दैआइरहेकोमा बैठकले यस बर्षदेखि प्रोत्साहनस्वरुप एक जनालाई मात्र दिने निर्णय गरेको छ ।
हामी यस अपिल मार्फत यो नम्र जानकारी गराउन चाहान्छौं कि बैठकले फोनिज यूकेका सदस्यहरु र सल्लाहकारहरुबाटै £१७०० पाउण्ड सहयोग राशी संकलन गर्ने र यसै बर्षको अन्ततिर एक च्यारिटी डिनरको आयोजना गरी बाँकी अन्य रकम थप गर्ने निर्णय गरेको थियो । तथापि च्यारिटी डिनरको आयोजना (समय, पैसा र मानब संसाधनको दृष्टिले) आफैमा खर्चिलो हुने, सबैले छुट्टी मिलाउन पर्ने, अन्य कार्यक्रमहरुसंग जुध्ने र अन्य बिभिन्न झण्झटहरुले गर्दा कार्यसमितिले उक्त निर्णयमा पुनर्विचार गरेको छ । जस अनुसार च्यारिटी डिनर आयोजना गर्दा लाग्ने लागत समेत जोगाएर बढीभन्दा बढी सहयोग राशी संकलन गरी सावाँ रकमबाट बार्षिक रुपमा प्राप्त हुने ब्याज रकमले नै बार्षिक पुरस्कार राशी पर्याप्त बनाउने हामीले योजना बनाएका छौं ।
तसर्थ पुरस्कार कोष स्थापनार्थ फोनिजका सदस्यहरु लगायत सम्पुर्ण जनजाति अभियन्ताज्यूहरुले प्रतिब्यक्ति £१०० पाउण्ड सहयोग गरी एउटा साझा लक्ष्य प्राप्त गर्न हामीलाई सहयोग गरिदिनहुन हार्दिक अनुरोध गर्दछौं । सोही बमोजिम आजको मितिबाट सहयोग राशी संकलन गर्ने कार्य शुभारम्भ गरेको यो पनि नम्र जानकारी गराउँदछौं ।

भवदीय,

प्रमिला लाबुंग राई
अध्यक्ष
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूके
१ जुन २०१८

FONIJ UK
Account; 81833669
Sort code; 40-21-05
HSBC