आदरणीय लेखक वर्ग र बिज्ञापनदाताहरु,
नमस्कार ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेले आफ्नो मुखपत्र ‘दि जर्नालिस्ट’ को दोश्रो अंक यसै बर्षको शरद रृतुमा प्रकाशन गर्ने योजना अनुरुप फोनिज यूकेले प्रकाशनका सामग्रीहरु संकलन गर्न शुरु गर्न गइरहेको यहाँलाई जानकारी गराउँदछौं ।
फोनिज यूकेले आफ्ना गतिबिधिहरु र आगामी योजनाहरुका बारेमा सम्बन्धित सबैलाई जानकारी गराउने उद्धेश्य लिएर नियमित रुपमा प्रकाशन गर्न लागिएको यस स्मारिकामा नेपालभित्र र नेपालबाहिर रहेका आदिवासी जनजातिहरुको हितसंग सम्वन्धित आलेख, जानकारी र अन्य सामग्रीहरुलाई प्राथमिकता दिइनेछ ।  त्यस्तैगरी स्मारिकामा फोनिज यूकेले आदिवासी जनजाति सवालको बिभिन्न पक्षहरुमा गरेका सकरात्मक परिवर्तनका बारेमा र आगामी दिनहरुमा गर्नपर्ने कार्यहरुका बारे लेखिएका सामग्रीहरु समेटिनेछन् ।
‘दि जर्नालिस्ट’ को दोश्रो अंक आगामी दशैं २०१८ को अवसर पारेर सार्वजनिक गरिनेछ । तसर्थ यस प्रकाशनका लागि आफ्नो लेख, रचना,शुभकामना सन्देश र अन्य सान्दर्भिक सामग्रीहरु आगामी अगस्ट महिनाको ३१ तारिखभित्रमा उपलब्ध गराइदिनहुन यहाँलाई हार्दिक आग्रह गर्दछौं ।
प्राप्त लेख, रचना प्रकाशनका लागि निर्णय गर्ने अन्तिम अधिकार ‘दि जर्नालिस्ट’ को सम्पादक मण्डलसंग निहित रहनेछ । लेख रचना बढीमा १५०० शब्दसम्मको हुनपर्नेछ । लेख रचनाका साथ सम्बन्धित लेखकले आफ्नो एकप्रति पासपोर्ट साइजका तस्विर समेत पठाउन पर्नेछ । ‘दि जर्नालिस्ट’ नेपाली भाषामा प्रकाशन गरिने हुँदा नेपाली भाषाका सामग्रीलाई प्रमुख प्राथमिकता दिइनेछ । साथै यस प्रकाशनमार्फत आआफ्नो ब्यापार ब्यवसाय प्रर्वद्दन गर्न चाहने र शुभकामना संदेश प्रकाशन गर्न चाहने सबैका लागि बिज्ञापनका अवसर समेत उपलबध छ ।
कृपया रचना पठाउँदा यसे इमेल fonijuk.org@gmail.com  मा पठाइदिनहुन हार्दिक अनुरौध गर्दछौं ।
प्रार्थी,
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूके
१७ जुलाई २०१८