गत २२ अप्रिल २०१७ का दिन नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ, (फोनिज) युकेको एकदिने गोष्ठि एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।

पत्रकार नरेश खपाङ्गीले आधारभूत पत्रकारिता र युकेमा नेपाली पत्रकारिता विषयक प्रशिक्षण दिनुभयो भने सिनियर पत्रकार सोनाम छिरिङ शेर्पाले रेडियो पत्रकारितामा हासिल गरेको अनुभव बाड्नु भयो । त्यस्तै गरि आमन्त्रित केन्ट्रीस एक्सप्रेसका पत्रकार एैडन बरलोले युकेको पत्रकारिता बारेमा विस्तृत जानकारी र पत्रकारिताका नियम कानुन एवं गोर्खालीहरुका बारेमा चासो गरिएको विषयहरुको बारेमा जानकारी गराउनु भयो ।

नेपाल आदिवासी जनजाति महासङ्घ युकेका अध्यक्ष तुल छन्त्याल र सिनियर पत्रकार शेर्पाले सयुक्त रुपमा दिप प्रज्वलन गरि कार्यक्रमको शुरुवात गर्नुभयो । समाजका अग्रज नेतृत्व र पत्रकारहरु मात्र सहभागि गोष्ठिमा पत्रकारिताका चुनौती र सम्भावना विषयमा ब्यापक छलफल भएको थियो । मिडियाहरु प्रति पाठक, श्रोता र दर्शकहरुको गुनासो तथा जिज्ञासा र वहाहरु प्रति संचारकर्मीहरुको गुनासो सुन्ने र सुनाउने कार्यभयो ।

जनजाति महासङ्घका वरिष्ठ उपाध्यक्ष जंग सुनुवार, महासचिव कर्म पहाडी शेर्पा, जनजाति महासङ्घका पूर्व अध्यक्ष सिरीप्रसाद लिम्बु, आसफोर्ड नेपलिज कम्युनिटीका महासचिव डम्बर सिंगक, एनआरएन युकेका प्रवक्ता खुसि लिम्बु लगायतले गुनासा, जिज्ञासा र सुझाव राख्नु भएको थियो ।

फोनिजमा आबद्ध ११ जातिय उत्थान पत्रकारहरु संगठनहरुलाई युकेमा समेत स्थापना गर्ने सिलशिलामा लिम्बु पत्रकार सङ्घ युकेको संयोजकमा पत्रकार अमित थेवेलाई चयन गरयो । त्यस्तैगरि अन्तरराष्ट्रिय पत्रकार महासङ्घ, ब्रसेल्सको सदस्यतापत्र पत्रकार सुरेन्द्र इङनामलाई प्रशिक्षक खपाङ्गीले हस्तान्तरण गर्नुभयो ।

फोनिज युकेका अध्यक्ष विश्वास दीप तिगेलाले अध्यक्षता गर्नुभएको कार्यक्रमलाई महासचिव प्रमिला लाबुङराईले संचालन गर्नुभएको थियो । फोनिज युकेको दोस्रो महाधिवेशन जुलाईको अन्तिम हप्ता हुने जनाईएको छ । प्रशिक्षक खपाङ्गी नेपाल पत्रकार महासङ्घ युकेका अध्यक्ष समेत हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>