लन्डन | नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायत (फोनिज युके)ले यहि जनवरि १६ तारीख शनिबारका दिन बेलायतको समय अनुसार बिहान ११ बजे बाट विभिन्न बिशिष्ट ब्यक्तिहरु संग एक अन्तरक्रिया कार्यक्रम जुम भर्चुयलको माध्यम बाट गर्ने भएको छ।

कोरोना भाइरस COVID-19 ले विश्व भरि चर्चा पाई रहेको बेला पनि फोनिज युकेले यो जनचेतना मुलक कार्यक्रम आयोजना गर्न गई रहेको छ । बिशेष गरि नेपालको वर्तमान राजनीति अवस्थालाई मध्यनजर गर्दै अब “आदिवासी जनजाति अभियन्ता र आदिवासी संघ सस्थाहरुको देशको राजनीतिक सुधारका लागि तत्काल के कस्ता अभियानहरु चलाउने तय गर्दै छन या छैनन् ? आदिवासी आन्दोलनहरुमा नेफिन र फोनिजको के कस्तो भुमिका रहेको थियो र रहन्छ ?”, लाई मुल बिषय बनाई अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको कुरा फ़ोनिज युकेका महासचिव कर्मा पहाडी शेर्पाले बताएका छन्।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष श्री जगत बरमको प्रमुख आतिथ्य तथा फोनिज संघिय समिति नेपालका केन्द्रिय अध्यक्ष श्री डण्ड गुरुङ, आदिवासी अभियन्ता श्री डा. ओम गुरुङ, फोनिज संघिय समितिका पूर्व अध्यक्ष श्री खिम घले लगायतको बिशेष आतिथ्य रहने छ ।

बेलायतमा रहेका सबै जातीय संस्थाहरु साथै फोनिज युकेमा आबद्द पत्रकारहरु र समाजका बुद्धिजिबीहरुलाई यो कार्यक्रममा आमन्त्रण गरिएको छ ।

यो कार्यक्रममा समय अनुकुल भएसम्म सबैजनालाई उपस्थित भई आफ्नो जिज्ञासा कार्यक्रमका अतिथिहरुसँग राख्न दिईने फोनिज युकेका उपाध्यक्ष गोमा रानाले जानकारी गराउदै सम्पूर्णलाई उपस्थितिको लागि आव्हान साथ हार्दिक अनुरोध पनि गरेकी छन् ।