.
.
Notice in pdf file >>

FONIJ UK ELECTION NOTICE 2023
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके

मितिः १६ नोभेम्बर २०२३

 

चौथो अधिवेसन निर्वाचन समिति २०२3 को सूचना

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके शाखाको यही १६ डिसेम्बर शनिबार २०२३ दिन हुन गइरहेको चौथो अधिवेसन मार्फत नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समितिको सूचना:

१. नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को विधान अनुसार नयाँ कार्यसमिति गठन गर्न निर्वाचन समिति जिम्मेवार हुनेछ । निर्वाचन समितिले विधान र सर्वमान्य मान्यताको सिद्धान्तको आधारमा निस्पक्ष र तटस्थ रही नयाँ कार्यसमिति चयन गराउने कार्य गर्नेछ ।

२. संघको विधान अनुसार कार्यसमिति चयन गर्नका लागि निर्वाचनको व्यवस्थापन गर्न नियमावली तयार गर्न, परिमार्जन गर्न, कार्यतालिका बनाउन र फेरबदल गर्न परे फेरबदल गर्ने अधिकार निर्वाचन समितिलाई रहनेछ ।

३. निर्वाचन सम्बन्धी जुनसुकै विषयमा विवाद र अस्पष्टता सम्बन्धमा निर्वाचन समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

४. नयाँ कार्यसमितिमा उम्मेदवार बन्न चाहने व्यक्तिले एकजना प्रस्तावक सहितको उम्मेदवारी मनोनयन फाराम भरी तोकिएको समयसीमा भित्र निर्वाचन समितिको इमेल fonijukelection@gmail.com मा पठाउनु पर्नेछ ।

५. उम्मेदवारी दर्ता वा फिर्ता लिँदा आफैँले गर्न पर्नेछ । उम्मेदवारी दर्ता गर्दा उम्मेदवारी शुल्क बुझाएको प्रमाण पेश गर्नुपर्नेछ । उम्मेदवारी शुल्क फोनिज युकेको निम्न बैँक खाता:

FONIJ UK,
HSBC BANK
Sort Code: 40-21-05
Account No: 81833669

मा जम्मा गर्नुपर्ने छ । उम्मेदवारी शुल्क प्राप्त नभएको उम्मेदवारी दर्ता हुने छैन । उम्मेदवारी फिर्ता लिए पनि उम्मेदवारी शुल्क फिर्ता हुने छैन ।

६. कुनै समूह वा प्यानल बनाई समूहगत रुपमा मतका लागि आब्हान गर्न वा प्रचार गर्न पाइने छैन ।

७. फोनिजको विधान २०७२ (पहिलो संशोधन २०७३) बमोजिम योग्यता पुगेका उम्मेदवारहरुबाट निम्न पदहरुमा उम्मेदवारी मनोनयन गर्न सकिने छ । उम्मेदवारी मनोनयन शुल्क तल उल्लेख भए बमोजिम छ । कुनै पनि उम्मेदवारको योग्यता विधानबमोजिम नपुगेको प्रमाणित भएमा निर्वाचन समितिले उम्मेदवारी रद्द गर्न सक्ने छ ।

क्रसं पद संख्या उम्मेदवारी शुल्क कैफियत
१. अध्यक्ष १ £५०.००
२. उपाध्यक्ष १ £३०.००
३. सचिव १ £३०.००
४. सहसचिव १ £३०.०० महिला
५. कोषाध्यक्ष १ £३०.००
६. सदस्यहरु ८ £२०.०० सदस्य पदमा महिला-२, संस्थागत-२, अल्पसंख्यक-१, खुला-३ सदस्य ८ जना रहने छन्

८. निर्वाचन कार्यक्रम निर्वाचन समितिले तोकेको मिति, समय र स्थानमा हुनेछ ।

क्रसं कार्यक्रम मिति र समय कहाँ/कसरी
१. मतदाता नामावली प्रकाशन, २८ नोभेम्बर साँझ ५ बजे फोनिज युकेको वेभमा
२. मतदाता नामावली सच्याउने/दाबी विरोध, ३० नोभेम्बर साँझ ५ बजेसम्म, इमेलबाट
३. अन्तिम मतदाता नामावली प्रकाशन, २ डिसेम्बर, फोनिज युकेको वेभमा
४. उम्मेदवारी मनोनयन, ४ डिसेम्बर राति ००.०० सम्म, इमेलमार्फत
५. उम्मेदवारको प्रथम नामावली प्रकाशन, ५ डिसेम्बर, साँझ ५ बजे, फोनिज युकेको वेभमा
६. उम्मेदवारीमाथि दाबीविरोध र फिर्ता लिने, ६ डिसेम्बर, साँझ ५ बजेसम्म, इमेलमार्फत
७. उम्मेदवारको अन्तिम नामावली प्रकाशन, ७ डिसेम्बर साँझ ५ बजे, फोनिज युकेको वेभमा
८. मतदान १६ डिसेम्बर, थप जानकारी पछि
९. परिणाम घोषणा, प्रमाणपत्र वितरण र सपथ, १६ डिसेम्बर, अधिवेसनमा

९. मतदाता नामावली र उम्मेदवारी नामावलीमा दावी बिरोध निर्वाचन समितिको इमेल ठेगानामा तोकिएको समयसीमा भित्र रही प्रमाण पुर्याइ लिखित रुपमा गर्नपर्नेछ ।

१०. निर्वाचन प्रयोजनका लागि fonijukelection@gmail.com मा इमेल गरी थप जानकारी लिन सकिने छ ।

११. निर्वाचनसम्बन्धी कुनै पनि विषयमा बुझ्न परेमा संयोजक विश्वास दीप तिगेलालाई 07454496699 मा सम्पर्क गर्न सक्नुहुनेछ ।

१२. निर्वाचन सम्बन्धी सम्पूर्ण जानकारी फोनिज युकेको वेभसाइट www.fonijuk.org मा प्रकाशन गरिने छ ।
.
.
.
संयोजक: विश्वास दीप तिगेला
सदस्य: किरण लिम्बु
सदस्य: प्रमिला लाबुंग

फोनिज युके निर्वाचन समिति २०२३