fonij uk award 2016 (2)

काठमाडौं, ३ वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनले पत्रकारद्धय गोपाल छाङ्छा राई र रामविकास चौधरीलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज युके) द्धारा स्थापित पुरस्कार पत्रकारद्धयलाई प्रदान गर्नुभएको हो ।

वि.स. २०३५ बाटै ‘धर्म निरपेक्षता, जातीय सद्भाव र समानुपातिक प्रतिनिधित्वका लागि’ भन्ने नारा राखेर ‘छहरा’ नामक साप्ताहिक पत्रिका निरन्तर ३९ बर्ष प्रकाशन तथा सम्पादन गरि समाजको चेतनामा पुरयाएको योगदान वापत पत्रकार गोपाल छाङ्छालाई यस बर्षको सम्मान र जारी मधेश आन्दोलनमा ६२ जनाले शहादत प्राप्त गरेको आन्दोलन माथि राज्यको क्रुर दमन र जनताको आवाजलाई निष्पक्ष सम्प्रेषण गरे वापत भैरहवा साप्ताहिकका सम्पादक तथा स्वतन्त्र पत्रकार रामविकास चौधरीलाई पनि नगद सहित यस बर्षको पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रममा फोनिज यूकेका अध्यक्ष विश्वासदीप तिगेला, फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङ, महासचिव गजुरधन राई, सचिव मनोज घर्तिमगर, सल्लाहकार गणेश राई, गोर्खा सञ्चार सहकारी संस्थाका अध्यक्ष प्रेम वेघा लगायतको उपस्थिति रहेको थियो ।
गत २७ फेव्रुवरी २०१६ का दिन युकेको अल्डरसटमा बसेको नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को बैठकले फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार २०१६ घोषणा गरेको थियो ।

प्रत्येक बर्ष प्रदान गरिने फोनिज युके पत्रकारिता पुरस्कार तथा सम्मानको लागि बरिष्ठ पत्रकार तथा रेडियो विजिडब्लुएसका निर्देशक मेजर रिटायर्ड सोनाम छिरिङ शेर्पाले ५ बर्षको लागि प्रायोजन गरेका हुन् । सम्मान र पुरस्कार नगद रु पन्ध्रपन्ध्र हजार रहेको थियो ।

fonij uk award 2016 (4)

fonij uk award 2016 (5)

fonij uk award 2016 (1)

  1. Nabaraj says:

    स​बै प​त्र​कार​ ज्युह​रुलाई न​म​स्ते, स​ङ्घिय​ अभिवाद​न्, ज​य​ सङ्घिय​ ग​ठ्ब​न्ध​न​ !

    मिति : १ फेबु्रअरी २०१७

    बिषयः उपस्थित भइदिन हुन बारे।

    उपरोक्त सम्बन्धमा यही १२ फेब्रुअरी आइतबारको दिन बर्तमान नेपालको राजनीतिक गतिरोध र त्यसको समाधानको लागि बेलायत प्रवासवाट भए पनि दबाब दिने उद्येश्यले पहिचान सहितको संघीय गठबन्धन बेलायतले “संविधान संसोधनमा पहिचान सहितको संघीयता, अधिकार र स्वायत्तता;
    पुर्ण परिमार्जित संविधान संसोधनलाई सर्व स्विकार्यता सहितको राष्ट्रियता ।” बिषयक १ दिने – बिचार गोष्ठी (Seminar) कार्यक्रम गर्न गइरहेको छ । त्यसैले उक्तदिन तपाई पनि उपस्थित भइ सो
    कार्यक्रमको आथित्य ग्रहण गरीदिनु हुन हार्दिक अनुरोध गर्दछौं । धन्यवाद् !

    समयः ११ बजे देखि दिउसो ५ः३० बजेसम्म ।
    मिति ः १२ फेबुअरी २०१७, आइतबार ।
    स्थान ः St. Francis Church, Cryol Road, Ashford, Kent. TN23 5AS (बिहीबारे हल)

    आयोजक ः
    पहिचान सहितको संघीय गठबन्धन,
    बेलायत, शाखा ।

    सम्पर्कः- संयोजक पदम गाहा मगर, उपसंयोजक नबराज काम्बाङ्ग लिम्बु

    नोटः- बिचार गोष्ठीको शिर्षक बिषय बारेमा मात्र बिशेष प्राथमिकता दिएर लिखित वा मौखिक बिचार ब्यक्त गर्नु पर्नेछ । सो कार्यक्रममा अन्य नियमहरु पनि लागु हुनेछ ।

Comments are closed.