बेलायतका सबैभन्दा ठूला नेपाली संस्थाहरुमध्ये एक मगर संघ यूकेले ‘फोनिज यूके पत्रकारिता पुरस्कार’ राशी वृद्दिका लागि आर्थिक सहयोग गर्ने भएको छ । मगर संघ यूकेका पूर्व अध्यक्ष तथा फोनिज यूकेका सल्लाहकार दुत पुन मार्फत आज फोनिज यूकेलाई उक्त प्रतिबद्दता आएको हो ।
मगर संघ यूकेका अध्यक्ष नेम थापाले फोनिज यूकेलाई पाँचसय पाउण्ड उपलब्ध गराउने जनाए ।
फोनिज यूकेका सल्लाहकार तथा रेडियो बीजीडब्ल्यूएसका निर्देशक मेजर (रि.) सोनाम छिरिङ शेर्पाले आजसम्म पुरस्कार प्रायोजन गर्दै आइरहेकोमा फोनिज यूकेले न्युनतम पाँच लाखको सावाँ कोष स्थापना गरी त्यसको ब्याज रकमले बार्षिक पचास हजार रुपैयाँको पुरस्कार राशी पूर्ति गर्ने लक्ष्य लिएको छ ।
त्यसो त ब्यक्तिगत रुपमा प्रतिबद्दता जनाउने दाताहरुमा पनि मगर संघ यूकेकै सदस्यहरु अघि रहेका छन् । तिमध्ये नरेश खपांगीमगर, गोमा राना, ओम थापा काउचा, बोम थापा सूर्यबंशी, दुत पुन र जमुना पुनले प्रत्येकले एक एक सय पाउण्डको प्रतिबद्दता जनाइसकेका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेले नेपालमा आदिवासी जनजाति सवालमा सशक्त रुपमा कलम चलाउने पत्रकारहरुलाई प्रोत्साहन स्वरुप हरेक बर्ष प्रदान गर्दै आइरहेको छ । आगामी २०१९ को जुन महिना भित्रमा कोष स्थापना गरिसक्ने योजना अनुरुप फोनिज यूकेले हाल बेलायतका बिभिन्न जातीय संस्था, जनजाति पत्रकार, जनजाति अभियन्ता र समाजसेवीहरुलाई सहयोगाको अपिल गरिरहेको छ ।
खुशी लिम्बु
महासचिब
फोनिज यूके