नेपाल आदिवासी जनजाति महिला महासंघ (नेआजमम) यूकेले गत आइतबार एक च्यारिटी डिनरको आयोजना गरी दुई लाख रुपैयाँ सहयोग राशी संकलन गरेको छ । पश्चिम लण्डनको नर्थहोल्टस्थित गोल्डनसिप रेस्टँरामा सम्पन्न च्यारिटी डिनरलाई सफल पार्न आदिवासी जनजाति महासंघ (नेफिन) यूके र आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेको बिशेष सहायता रह्यो ।

संयुक्त अनाथ तथा अपांग एकता केन्द्र नेपाल र पर्वतारोही पत्रकार देउराली चाम्लिङको सगरमाथा आरोहण अभियानको लागि सहयोग संकलन गर्न च्यारिटी डिनर आयोजना गरेको कुरा नेआजमम अध्यक्ष श्रीमती बिमला कुमारी राईले बताइन् ।

साँझ ६ बजेदेखि शुरु भएको कार्यक्रममा बेलायतस्थित बिभिन्न जातीय संघसंस्थाका प्रतिनिधिहरु, पत्रकारहरु र समाजसेवीहरुको उपस्थिति थियो । कार्यक्रमको पहिलो सत्र महासचिब बशुन्धरा याख्खाले सञ्चालन गरिन् भने दोश्रो सत्रको साँस्किृतिक कार्यक्र्रम कर्मा पहाडीले सञ्चालन गरे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली आदिवासी जनजाति महासंघ (नेफिन) यूकेका अध्यक्ष तुल छन्त्यालले महिला महासंघले गरेको यस कार्यका लागि धन्यवाद दिंदै भविष्यका प्रयासहरुमा पनि नेफिन यूकेको सहयोग रहने प्रतिवद्दता ब्यक्त गरे । कार्यक्रम समापन गर्ने क्रममा अध्यक्ष श्रीमती बिमला राईले च्यारिटी डिनर सफल पार्न सहयोग गर्ने नेआजमम कार्यसमितिका सहकर्मीहरु, नेफिन यूके, फोनिज यूके, दाताहरु र उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा राखेको बताइन् ।

बाँकी तस्विरहरु:

गएको सप्ताहान्त बेलायतमा रहेको नेपाली आदिवासीहरुका निम्ति बिशेष रह्यो । शनीवार २७ तारिखका दिन अल्डर्शटमा नेपाल आदिवासी ज…

Posted by Fonij UK – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायत on Monday, January 29, 2018

for video:

नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतको च्यारिटी कार्यक्रम

Posted by Fonij UK – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायत on Sunday, January 28, 2018

फोनिज यूके