फोनिज युकेको संक्षिप्त परिचय

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) युकेको गठन सन् ५ मे २०१३ का दिन भएको हो । महासङ्घ भन्ने वित्तिकै यस भित्र धेरै सङ्घहरु अवश्य छन् । राई पत्रकार संघ, लिम्वू पत्रकार संघ, तामाङ सञ्चार समूह, नेवा पत्रकार राष्ट्रिय दवू, थारु पत्रकार संघ, नेपाल आदिवासी जनजाति पत्रकार संघ, शेर्पा सञ्चार समूह नेपाल, तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल, सुनुवार पत्रकार संघ, मगर आमसंचारकर्मी संघ नेपाल र थामी पत्रकार संघ यस संग आबद्ध छन् ।

फोनिज युकेलाई फोनिज केन्द्र कै विधानले दिशानिर्देश गर्ने प्रावधान छ । यसको प्रथम अधिवेशन २९ जुन २०१४ मा सम्पन्न भयो र दोस्रो अधिवेशन २८ अगष्ट २०१७ मा । यस फोनिजको मुख्य उद्देश्य भनेको सबैलाई समान हक र अधिकारको निम्ति पत्रकारिता मार्फत भूमिका निर्वाह गर्नु हो । कहिले समाचार सम्प्रेषण गरेर, कहिले अन्यायको विरुद्ध पत्रकारिताको मर्म भित्र रही आवाज उठाएर, कहिले सबै समुदायमा पत्रकारिताको महत्व दर्शाई उत्प्रेरणा दिएर भूमिका निर्वाह गर्नु हो र गर्दै पनि आएको छ ।

यस फोनिज युकेले महत्वपूर्ण योगदान गरेका तर उपेक्षामा पारिएका पत्रकारलाई हौसला र सहयोग गर्ने उद्देश्यले फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार सन् २०१६ देखि प्रदान गर्न शुरु गरेको छ । पहिलो बर्ष लामो समय पत्रकारिता मार्फत योगदान गर्नुभए वापत गोपाल छाङ्छा राईलाई नगद सहित सम्मान र मधेश आन्दोलनमा बहादुरी पूर्वक सहि र सत्य समाचार सम्प्रेषण गरे वापत रामविकास चौधरीलाई पुरस्कार प्रदान गरिसकेको छ । त्यस्तैगरि यस बर्ष ’आदिवासी जनजाति आवाज“ टेलिभिजन कार्यक्रमका संचालक पत्रकार गणेशमान गुरुङलाई नगद सहित सम्मान र ’समावेशी आवाज“ टेलिभिजन कार्यक्रमका संचालक मिलन लिम्बुलाई नगद सहित पुरस्कृत घोषणा गरेको छ ।

यस फोनिजले बेलाबखत पत्रकारिता तालिमहरु पनि संचालन गर्दै आएको छ । सामान्य पत्रकारितामा इच्छा गर्नेहरुलाई तालिम दिएर स्तरिय पत्रकार बनाउने, समाजलाई मिडिया संग मित्रवत बनाउने, मिडिया माथि लगानीमा प्रोत्साहन गर्ने, यथासम्भव धेरै सदस्य बनाउने, सभ्य र स्वस्थ पत्रकारिताबाट समाजमा सहिष्णुता कायम गर्ने लक्ष्य लिएको छ । र, फोनिज केन्द्रको उद्देश्यमा सहयोग पुरयाउने काम पनि गर्दै आएको छ । हाल सम्म यस फोनिज युकेको साधारण सदस्य लगभग ५१ जना रहेका छन् भने केही सदस्यहरु युकेको मिडियामै उच्चशिक्षा हासिल गरेका र मिडियामै विद्यावारिधी गर्नुभएकाहरु समेत यस फोनिजमा आबद्ध हुनुहुन्छ । यसले हामी हरेक दृष्टिबाट सवल र सक्षम बन्दै गएका छौ भन्ने आभाष हुन्छ । अझै भविश्यमा हाम्रा उद्देश्य प्राप्तिको निम्ति कटिबद्ध भई संगठित रुपमा अघिबढ्ने उत्साहका साथ सबैलाई यस पत्रकार महासङ्घ (फोनिज) मा आबद्ध भई दिन आब्हान गर्दछ ।

Tamang patrakar

Limbu Patrakar

Sherpa Patrakar

Gurung Patrakar
.
.
.

नेपाल आदीवासी जनजाति पत्रकार महासंघमा
आबद्ध पत्रकार संगठनहरु

१. राई पत्रकार संघ
२. लिम्वू पत्रकार संघ
३. तामाङ सञ्चार समूह
४. नेवा पत्रकार राष्ट्रिय दवू:
५. थारु पत्रकार संघ
६. नेपाल आदिवासी जनजाति पत्रकार संघ
७. शेर्पा सञ्चार समूह नेपाल
८. तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपाल
९. सुनुवार पत्रकार संघ
१०. मगर आमसंचारकर्मी संघ, नेपाल
११. थामी पत्रकार संघ