गत १६ जनवरी २०१६ का दिन नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) युके समितिको सम्पन्न बैठकले विश्वास दीप तिगेलालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

अल्डरसुटको भेटघाट रेष्टुरेष्टमा सम्पन्न महासङ्घको बैठकले उक्त निर्णय गरेको हो । फोनिज युकेका अध्यक्ष किरण टि लिम्बु नेपाल फर्कनु भएको कारण उपाध्यक्ष तिगेलाले कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । तिगेला विगत २ दशक देखि निरन्तर साहित्य लेखन र पत्रकारिता क्षेत्रमा सक्रिय हुदै आएका छन् । बैठकले पूर्व अध्यक्ष लिम्बुलाई धन्यवाद प्रस्ताव पनि पारित गरयो ।
patrakar
अघिल्ला बैठकका निर्णयहरुको समिक्षा गर्दै शुरु भएको बैठकले अब तत्कालै पूर्व घोषित पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । यस पटकको पत्रकारिता पुरस्कार मधेश र थरुहटमा जारी आन्दोलनको बारे सहि समाचार सम्प्रेषण गर्ने पत्रकारलाई दिने निर्णय गरेको छ । पुरस्कार रासी २ सय पाउण्ड अर्थात लगभग नेरु ३०,००० को हुनेछ । प्रत्येक बर्ष प्रदान गरिने उक्त पुरस्कारको प्रायोजन मेजर रिटायर्ड तथा संचारकर्मी सोनाम छिरिङ शेर्पाले गर्नुभएको हो । त्यस्तै गरि नगद सहित अर्का पत्रकारलाई सम्मान पनि गर्ने निर्णय गरयो ।

फोनिज नेपालमा राई पत्रकार संघ, तमु संचारकर्मी संघ, लिम्बु पत्रकार संघ, तामाङ संचार समुह, नेवा पत्रकार राष्ट्रिय दवूः, थारु पत्रकार संघ, शेर्पा संचार समुह नेपाल, मगर आमसंचारकर्मी संघ, नेपाल र थामी पत्रकार संघ आबद्ध रहेका छन् भने युकेमा सन् २०१३ मा स्थापना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>