नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को अध्यक्षमा डण्ड गुरुङ पुनस् निर्वाचित भएका छन् । गत शनिवार राति सम्पन्न फोनिजको छैठौं महाधिवेशनबाट गुरुङ दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । फोनिजको केन्द्रिय अध्यछ्य डण्ड गुरूङको अध्यछ्यतामा भएको सो फोनिजको महाधिवेशनको शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गजुरधन राई, खुलातर्फ उपाध्यक्षमा लक्की चौधरी र महिला उपाध्यक्षमा देविका घर्तीमगर चयन भएका छन्। महासचिवमा भने मनोज घर्ती मगर सर्वसम्मत भएका छन्। वरिष्ठ उपाध्यक्ष राई यसअघि उपाध्यक्ष र नवनिर्वाचित महासचिव मगर सचिवको जिम्मेवारीमा थिए।

यस्तै संगठन सचिवमा मिलन लिम्बू, संस्थागत सचिवमा जगत दोङ र अल्पसंख्यक सचिवमा कमन देवान निर्वाचित भए भने कोषाध्यक्षमा मानध्वज लामा र सहकोषाध्यक्षमा अञ्जना शिल्पकार चयन भएका छन्।
महाधिवेशनबाट खुल्ला केन्द्रिय सदस्य र संस्थागत सदस्य समेत चयन गरिएको फोनिजले जनाएको छ।

अध्यक्ष डण्ड गुरुङ पुन निर्वाचित हुनुभएकोमा उहाँ र उहाँको कार्यसमिति लाई फोनिज यूकेले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेको छ ।