लण्डन, अगस्ट २८ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेले नेपालस्थित पत्रकार उजीर मगरलाई आर्थिक सहयोग गरेको छ । केही महिनाअघि राजधानीबाट बाग्लुङतर्फ जाँदै गर्दा सडक दुर्घटनामा परी गम्भिर घाइते भएका थिए । अवस्था चिन्ताजनक भएपछि उनको उपचारार्थ फोनिज यूकेले आर्थिक सहयोगक संकलन शुरु गरेको थियो । फोनिज केन्द्रका पूर्व महासचिब उजीर मगर हाल सल्लाहकार छन् ।

उपचारको क्रममा पत्रकार मगरलाई निकै पटक शल्यचिकित्सा गर्नुपरेको थियो ।

आज मंगलबार फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङको हातमार्फत नगद ५२,९४५ रुपैयाँ सहयोग ग्रहण गर्दा पत्रकार मगर निकै हर्षित मुद्रामा देखिन्थे । उनले फोनिज यूकेप्रति आभार प्रकट गरेका छन् ।

यसैबीच फोनिज यूके अध्यक्ष श्रीमती प्रमिला लाबुङ राईले पत्रकार उजीर मगरको स्वास्थोपचारका लागि आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण दाताहरुलाई धन्यवाद ज्ञापन गरेकी छन् । यस अवसरमा उनले फोनिज यूकेले गर्ने यस्ता गतिबिधिहरुमा भबिष्यमा पनि उत्तिकै साथ पाउने आशा ब्यक्त गर्दै आगामी सेप्टेम्बर १५ मा हुने फोनिज यूकेको बार्षिक साधारण सभामा उपस्थित भइदिन फोनिज यूकेका सम्पूर्ण सदस्यहरुलाई आब्हान गरेकी छन् ।

खुशी लिम्बु