Fonij UK election notice 2020  

 

                                            नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके

                                                  तेस्रो अधिवेसनको निर्वाचन समिति, २०२० को सूचना

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके शाखाको यही २४ अक्टोबर २०२० का दिन हुन गइरहेको तेस्रो अधिवेसनमार्फत नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समितिबाट जारी सूचना :

१. नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को विधान अनसार नयाँ कार्यसमिति गठन गर्न निर्वाचन समिति जिम्मेवार हुनु पर्नेछ । निर्वाचन समितिले विधान र सर्वमान्य मान्यताको सिद्धान्तको आधारमा निस्पक्ष र तटस्थ रही नयाँ कार्यसमिति चयन गराउने कार्य गर्नेछ ।

२. संघको विधान अनुसार कार्यसमिति चयन गर्नका लागि निर्वाचनको व्यवस्थापन गर्न नियमावली तयार गर्न, परिमार्जन गर्न, कार्यतालिका बनाउन र फेरबदल गर्न परे फेरबदल गर्ने अधिकार निर्वाचन समितिलाई रहने छ ।

३. निर्वाचनसम्बन्धी जुनसुकै विषयमा विवाद र अस्पष्टता सम्बन्धमा निर्वाचन समितिको निर्णय नै अन्तिम निर्णय हुने छ ।

४. नयाँ कार्यसमितिमा उम्मेदवार बन्न चाहने व्यक्तिले एकजना प्रस्तावकसहितको उम्मेदवारी मनोनयन फाराम भरी तोकिएको समयसीमाभित्र निर्वाचन समितिको इमेल fonijukelection@gmail.com मा पठाउनु पर्नेछ ।

५. उम्मेदवारी दर्ता वा फिर्ता लिँदा आफैँले गर्न पर्नेछ । उम्मेदवारी दर्ता गर्दा उम्मेदवारी शुल्क बुझाएको प्रमाण पेश गर्नु पर्नेछ । उम्मेदवारी शुल्क फोनिज युकेको बैँक खाता FONIJ UK, Sort Code 40-21-05 A/C 81833669 HSBC BANK मा जम्मा गर्नुपर्ने छ । उम्मेदवारी शुल्क प्राप्त नभएको उम्मेदवारी दर्ता हुने छैन । उम्मेदवारी फिर्ता लिए पनि उम्मेदवारी शुल्क फिर्ता हुने छैन ।

६. कुनै समूह वा प्यानल बनाई समूहगत रुपमा मतका लागि आब्हान गर्न वा प्रचार गर्न पाइने छैन । निर्वाचन प्रचारका क्रममा व्यक्तिगत गालीबेइज्जती, अनावश्यक प्रचार सामग्री बनाउने, सोसल मिडिया वा मिडियाबाट सचित्र प्रचारप्रसार गराउने कार्य पूर्ण रुपमा निषेध गरिएको छ ।

७. फोनिजको विधान २०७२ (पहिलो संशोधन २०७३) बमोजिम योग्यता पुगेका उम्मेदवारहरुबाट निम्न पदहरुमा उम्मेदवारी मनोनयन गर्न सकिने छ । उम्मेदवारी मनोनयन शुल्क तल उल्लेख भए बमोजिम छ । कुनै पनि उम्मेदवारको योग्यता विधानबमोजिम नपुगेको प्रमाणित भएमा निर्वाचन समितिले उम्मेदवारी रद्द गर्न सक्ने छ ।

पद                    संख्या                                                  उम्मेदवारी शुल्क

अध्यक्ष                  १                                                     ३० पाउण्ड

उपाध्यक्ष       १                                                     २० पाउण्ड

सचिव        १                                                     २० पाउण्ड

सहसचिव      १ महिला                                     २० पाउण्ड

कोषाध्यक्ष     १                                                     २० पाउण्ड

सदस्यहरु      ८                                                     १० पाउण्ड

सदस्य पदमा (महिला-२, संस्थागत-२, अल्पसंख्यक-१, खुला-३ सदस्य जना रहने छन्)

 

८. निर्वाचन कार्यक्रम निर्वाचन समितिले तोकेको मिति, समय र स्थानमा हुने छ ।

क्रसं                                    कार्यक्रम                                 मिति र समय                                  कहाँ/कसरी

१.          मतदाता नामावली प्रकाशन                 १३ अक्टोबर साँझ ५ बजे                 फोनिज युकेको वेभमा

२.    मतदाता नामावली सच्याउने/दाबी विरोध    १५ अक्टोबर साँझ ५ बजेसम्म     इमेलबाट

३.    अन्तिम मतदाता नामावली प्रकाशन                  १६ अक्टोबर साँझ ५ बजे                 फोनिज युकेको वेभमा

४.    उम्मेदवारी मनोनयन                 १७ अक्टोबर राति ००.००सम्म    इमेलमार्फत

५.    उम्मेदवारको प्रथम नामावली प्रकाशन १८ अक्टोबर साँझ ५ बजे        फोनिज युकेको वेभमा

६.    उम्मेदवारीमाथि दाबीविरोध र फिर्ता लिने    १९ अक्टोबर साँझ ५ बजेसम्म     इमेलमार्फत

७.    उम्मेदवारको अन्तिम नामावली प्रकाशन     २० अक्टोबर साँझ ५ बजे       फोनिज युकेको वेभमा

८.    मतदान                                                        २४ अक्टोबर २०२०                           थप जानकारी पछि

९.    परिणाम घोषणा, प्रमाणपत्र वितरण र सपथ   २४ अक्टोबर २०२०           भर्चुअल अधिवेसनमा

 

९. मतदाता नामावली र उम्मेदवारी नामावलीमा दावी बिरोध निर्वाचन समितिको इमेल ठेगानामा तोकिएको समयसीमाभित्र रही प्रमाण पुर्याइ लिखित रुपमा गर्नपर्ने छ ।

१२. निर्वाचन प्रयोजनका लागि fonijukelection@gmail.com इमेल गरी थप जानकारी लिन सकिने छ ।

१३. निर्वाचनसम्बन्धी कुनै पनि विषयमा बुझ्न परेमा संयोजक मे रि सोनाम छिरिङ शेर्पालाई ०७४ २५१६ ५४३७ मा सम्पर्क गर्न सकिने छ ।

१४. निर्वाचन सम्बन्धी सम्पूर्ण जानकारी फोनिज युकेको वेभसाइट www.fonijuk.org मा प्रकाशन गरिने छ ।

धन्यवाद ।

भवदीय

संयोजक मे रि सोनाम छिरिङ शेर्पा

सदस्यहरु बिमला सेने र नरेश खपाङ्गीमगर

फोनिज युके निर्वाचन समिति २०२०