गत २९ जुन २०१४ का दिन नेपाल आदीवासी जनजाति पत्रकार महासंघ युकेको प्रथम अधिबेशन सम्पन्न भयो ।

fonij-ukनेपाल आदीवासी जनजाति महासंघ नेपालका पूर्व सचिव भक्त दुराले प्रमुख अतिथिको रुपबाट बोल्नुहुदै संविधान निर्माणमा भयानक षडयन्त्र भइरहेकोले अब आन्दोलनमा उठ्नुपर्ने बताउनु भयो । विगतको १० बर्षे जनयुद्धमा १३ हजार शहिद बनेका थिए भने उस्तैपरे अबको आन्दोलनमा एकै दिनमा १३ सय भन्दा बढि मर्न तयार रहेको बताउनु भयो । नयाँ सविधान निर्माण र समृद्ध नेपाल निर्माणमा जनजाति पत्रकारहरुको ठूलो भूमिका रहने बताउनु भयो । जनजाति महासंघ वेलायतका अध्यक्ष सिरप्रसाद लिम्बु, जनजाति महिला महासंघकी अध्यक्ष कमला थापा र नेपाल पत्रकार महासंघका अध्यक्ष चिरन शर्मा लगायतले पनि अधिवेशन सफलताको शुभ कामना दिनु भएको थियो ।

बुद्धिजीवि एकेन्द्र गुरुङ, हरीकुमार गुरुङ र नरेशमणि काङमाङ रहनुभएको निर्वाचनमण्डलले पत्रकार किरण टि लिम्बुको अध्यक्षतामा नयाँ नेतृत्व निर्माण भयो । नयाँ समितिमा उपाध्यक्ष विश्वासदीप तिगेला, सचिव प्रमिला राई, सहसचिव नगेन्द्रराज नेम्बाङ, कोषाध्यक्ष विधाता राई, सदस्यहरु मिलन तमु, भावना परिष्किृत सुनुवार, सविन्द्रकुमार गुरुङ, हरिमान गुरुङ, देवेन्द्र खेरस, जानुका राई, पुष्पा गुरुङ चयन हुनु भएको छ ।

जनजाति पत्रकार महासंघ नेपाल अन्तर्गत राई पत्रकार संघ, लिम्बु पत्रकार संघ, तामाङ संचार समुह, नेवा पत्रकार राष्ट्रिय दवू, थारु पत्रकार संघ, शेर्पा संचार समुह, नेपाल, तमु (गुरुङ) संचारकर्मी संघ नेपाल, सुनुवार पत्रकार संघ, थामी पत्रकार संघ आबद्ध रहेका छन् ।

तदर्थ समितिका अध्यक्ष पूर्ण गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सचिव देवेन्द्र खेरेसले सचालन गर्नुभएको थियो । तदर्थ समिति गतबर्षको ५ मे २०१३ दिन गठन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>