गत २० जुलाई २०१४ का दिन लण्डन फेल्थाममा नेपाल आदीवासी जनजाति पत्रकार महासङ्घ युकेको प्रथम बैठक सम्पन्न भएको छ ।
बैठकले नेपाली टि भि का सस्थापक विजय थापा, नेपाली पत्रका संस्थापक डा. चन्द्र लक्सम्बा, एभरेष्ट टाइम्सका प्रधान सम्पादक हरीकुमार गुरुङ, नयाँ सन्देश पत्रिकाका प्रधान सम्पादक चण्डिराज राई, रिटायर्ड मेजर सोनाम तेन्जिंग शेर्पालाई सल्लाहकारमा चयन गरयो । त्यस्तै गरि युकेमा रहेका ११ जातिय उत्थान सस्थाहरुलाई आआप्mनो समुदायको पत्रकार सस्था निर्माण गर्न आग्रह गर्ने र त्यसको लागि आवश्यक पहल महासङ्घले गर्ने साथै जातिय उत्थान सस्थाहरु संग समन्वय गरि तालिम गराउने निर्णय गरयो ।
युकेमा मास मिडिया अध्ययनरत विद्यार्थीहरुको तथ्याङ तयार गरि प्रत्येक बर्ष कम्तिमा १ जनालाई महासङ्घले सम्मान एवं पुरस्कृत गर्ने निर्णय भयो ।
महासङ्घका अध्यक्ष किरण टि लिम्बुको अध्यक्षतामा सम्पन्न बैठकलाई सचिव प्रमिला राईले सचालन गर्नुभएको थियो ।